दिवंगत भट्टराईको परिवारलाई ५० हजार रुपैंयाँ सहयोग

काठमाडौं । फिल्म ‘कार्की साइँला’ को छायांकनका क्रममा धरान–चतरामा निधन भएका प्राविधिक शम्भु भट्टराईको परिवारलाई चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याण कोषबाट ५० हजार आर्थिक सहयोग प्रदान गरिएको छ । उक्त सहयोग बोर्डका अध्यक्ष दिनेश डीसीले हस्तान्तरण गरेका हुन्।

चलचित्र क्षेत्रका प्राविधिकहरूका लागि गरिएको चलचित्र बीमा कार्यक्रमअन्तर्गत भट्टराईको परिवारले ५ लाख रुपैयाँसम्म बीमा दाबी गर्न सक्ने जानकारी समेत दिइएको छ।