काठमाडौं । नेपाली कथानक फिल्म ‘मितज्यू’ नयाँ प्रदर्शन मिती घोषणा गर्दै दोस्रो पोस्टर सार्वजनिक भएको छ। आइतबार नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले आगामी जेठ ८ गतेबाट फिल्म प्रदर्शन गर्न घोषणा गरेका हुन्। यसअघि यो फिल्म जेठ १५ मा रिलिजको तयारीमा थियो ।
पोस्टरमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, शिशिर वाङ्देल र अर्का एक पात्र देखिन्छन् । जहाँ सौगातले हातमा भाले च्यापेका छन् भने साईडमा पहाडमा गुड्ने गाडी देखिन्छ । दयाहाङ रिसाहा देखिएका छन् भने तेरिया मजेत्रोले टाउकामा बेरेर दुखी मुन्द्रामा देखिकी छन्। शिशिर र अर्का एक पात्र नरम झै उभिएका छन्।
अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय छ ।
जनक घर्ती मगरको निर्माण रहेको फिल्म जीएम मुभिज प्रोडक्सनको ब्यानरमा बनेको हो । फिल्ममा सम्पादक लोकेश बज्राचार्य, छायाँकार शिशिर बिशंखे, प्रोडक्सन म्यानेजर धनबहादुर राई (भान्जा) छन् । फिल्मको वितरण आरआर फिल्म्सले गर्दैछ।




