मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
काममा व्यस्तता बढ्नेछ। नयाँ जिम्मेवारी आउन सक्छ। आर्थिक पक्ष सामान्य रहनेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूको सहयोग पाइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आर्थिक लाभको राम्रो संकेत देखिएको छ। व्यापार वा जागिरमा प्रगति हुनेछ। परिवारसँग राम्रो सम्बन्ध बनाउन सक्नुहुनेछ। धर्म कर्मतर्फ मन जानेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
कार्यक्षेत्रमा व्यर्थको प्रदर्शन गर्नेदेखि बच्नुहोस्। पैसाको लेनदेनमा सावधानी अपनाउनुहोस्। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारमा जीवनसाथीको सहयोगले मनोबल उच्च रहनेछ। कार्यक्षेत्रमा आफ्नो अलग पहिचान बनाउन सफल भइनेछ। प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धैर्य वा आत्मविश्वासमा कमी आउनेछ। अनुभवी व्यक्तिको साथ सहयोगले रचनात्मक कार्यमा निखारता आउनेछ।आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ५ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
नोकरी वा पेशामा उच्च अधिकारीहरू हजुरको कामबाट सन्तुष्ट रहनेछन्। कार्यक्षेत्रमा नयाँ कार्यहात लाग्नेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नोकरी वा पेशामा नयाँ अवसरहरू मिल्नेछन्। भविष्यलाई लिएर मन चिन्तित रहनेछ। कार्यक्षेत्रमा हजुरको कमजोरीको फाइदा उठाउन सक्छन् सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापार व्यवसायमा नयाँ लगानी गर्दा फाइदा मिल्नेछ। धार्मिक यात्राको योग बनिरहेको छ। जग्गा जमिनको किनबेचले भविष्यलाई सुरक्षित गर्न सकिनेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ५ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
विशेष व्यक्तिसँग भेटघाट हुने योग छ। आफन्तसँग मनमुटाव थियो भने सुल्झिनेछ। पुराना चिन्ताहरूबाट मुक्ति मिल्नेछ। मौसमी बिमारीबाट जोगिनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
सामाजिक गतिविधिमा व्यस्त रहनुहुनेछ। सफलताका लागि मेहनत बढी गर्नुपर्ला। वित्तीय संसाधन वा लोन आदिको प्रयासमा सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
धैर्यताको कमीले हातमा आएको अवसर गुमाउनुपर्ला। कार्यक्षेत्रमा छिट्टो विश्वास नगरिहाल्नुहोस्। कामको चापले शरीरमा थकानको अनुभूति हुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सञ्चार वा सम्पर्कबाट फाइदा हुनेछ। प्रभावशाली व्यक्तित्व निर्माण गर्ने समय रहेको छ। ठेकापट्टा वा कृषिको कामबाट राम्रो लाभार्जन गर्न सकिएला। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।




