काठमाडौं । नयाँ वर्ष २०८३ सालको अवसर पारेर नायिका पूजा शर्माले नयाँ फिल्म ‘रत्यौली’ निर्माणको घोषणा गरेकी छिन् । नाईटिङ्गेल ईन्टरटेन्मेन्ट प्रालि र पूजा शर्मा प्रोडक्सनको व्यानरमा फिल्म निर्माण हुन लागेको हो ।
यो फिल्ममा पुजा र विजय बरालको प्रमुख भूमिकामा अभिनय रहनेछ । मुस्कान ढकालको निर्देशनमा तयार हुने यो फिल्मका निर्माता सुरज आचार्य हुन् । १ सय भन्दा बढी नेपाली फिल्ममा प्रोडक्सन डिजाइनरको रुपमा काम गर्दै आएका सुरजले सुपरहिट भारतीय फिल्ममा पनि लाइन प्रोड्यूसरको रुपमा काम गरेका छन् ।
उनले, ‘उचाई, फर्जी, मिराई, टिसोन नाइडु, दश का दमलगायतका फिल्ममा लाइन प्रोड्यूसरको रुपमा काम गरिसकेका छन् । ३२ वर्षदेखि फिल्म क्षेत्रमा सक्रिय सुरज आचार्यले ‘मेरो लभ स्टोरी, कर्मयोद्धा’मा सह–निर्माता र ‘वरमाला’मा निर्माताको रुपमा काम गरिसकेका छन् ।
सार्वजनिक पोष्टरमा विजय र पूजा रत्यौलीमा नाँचिरहेको देख्न सकिन्छ । जुँगामा देखिएकी पूजाले दौरा सुरुवाल, नेपाली टोपी लगाएकी छिन् ।




