काठमाडौं । कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण भएको फिल्म ‘पेन्सन पट्टा’ आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । नेपाली नयाँ वर्षको दिन टाइटल पोस्टर सार्वजनिक गर्दै फिल्म कुशे औंशी अर्थात बुबाको मुख हेर्ने दिनमा रिलिज हुने घोषणा गरिएको हो ।
निर्देशक गुरुङले वैशाख १ गते नै अभिनेता दयाहाङ राईको जन्मदिन पनि रहेको हुँदा राम्रो दिनमा प्रदर्शन मिति घोषणा गरिएको बताए । गुरुङ सिनेमाका ‘गडफादर’का रुपमा परिचित निर्देशक गुरुङको लगानी रहेको छ । फिल्ममा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राई, डिवी गुरुङ र प्रतिक्षा गुरुङ लगायतका कालाकारको अभिनय रहेको छ ।
माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् । मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (युके) र सपना गुरुङको लगानी रहने सिनेमाका प्रोडक्सन म्यानेजरमा डिबी गुरुङ हुन् । फिल्म रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्नेछ ।




