भदौ १२ मा जदौ

काठमाडौं । फिल्म ‘जदौ’ आगामी भदौ १२ गते रिलिज हुने भएको छ । नयाँवर्ष २०८३ को पहिलो दिनको अवसर पारेर फिल्मको नयाँ डिजाइनका पोस्टरसहित प्रदर्शन मिति घोषणा गरिएको छ । फिल्ममा अन्जन शर्मा र काजी लिम्बुको संयुक्त निर्देशन छ ।

सिल्भर स्क्रीन इन्टरटेन्मेन्टसँगको सहकार्यमा समिश्रण मुभिज एन्ड इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्मको सार्वजनिक पोस्टरमा प्रमुख कलाकारहरु(मुकुन भुसाल, रिचा शर्मा, नीति शाह, प्रभात पाल ठकुरी र राजश्री थापा फरक–फरक भावमा प्रस्तुत गरिएको छ । अन्तरजातीय प्रेमसम्बन्धको कथामा निर्माण भएको फिल्मको सहनिर्मातामा रामराजा सुवेदी, सुमित्रा देवकोटा, नारायण शास्त्री, अर्जुन खड्का र गोकुल केसी छन्।

श्याम तामाङको छायांकन फिल्मको स्क्रीप्ट निर्देशक काजी स्वयमले लेखेका हुन । फिल्ममा सिपी पुडासैनी (धतुरे), बिनोद न्यौपाने, सन्ध्या श्रेष्ठ, खड्गबहादुर पुन (खबपु), बिशाल पहाडी, सुन्दर धिताल, नरेश पौडेललगायतका कलाकारको अभिनय छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्मका गीतमा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत छ ।

फिल्मको बितरण एनसिजीएनले गर्दैछ भने हाइ टेक इन्टरटेन्मेन्ट डिजिटल पार्टनर रहेको छ ।