काठमाडौं । फिल्म ‘मास्टरनी’ को पहिलो झलक सार्वजनिक भएको छ । आयंका फिल्म्सको पहिलो फिचर फिल्मको औपचारिक घोषणासमेत गरिएको हो। भारतीय निर्देशक सुवेन्दु घोषको निर्देशनमा तयार भएको फिल्मको सुटिङ १७ दिनमा काठमाडौं र पोखरामा भइसकेको छ ।
फिल्ममा प्रियङ्का कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की निर्माताको रूपमा छन्। फिल्मको कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा हुन् ।
क्राइम थ्रिलर मर्डर मिस्ट्री जनरामा निर्माण भएको फिल्ममा प्रियङ्का कार्की, सरोज खनाल, प्रमोद अग्रहरी, आर्यन सिग्देल, अनुप विक्रम शाही, गौरी मल्ल, सिम्रन खड्का, रक्षा थापा, विशाल पहारी, दिनेश काफ्लेलगायतका कलाकारको अभिनय रहेको छ।
अभिनेत्री प्रियङ्काको कथा रहेको फिल्ममा सान बस्नेतको स्क्रिप्ट रहेको छ भने स्क्रिन प्ले र डाइलग प्रियङ्का र शानले नै तयार पारेका हुन्। फिल्म भदौ १२ गतेबाट रिलिज हुनेछ।




