काठमाडौं । अभिनेत्री सानिया खानले काठमाडौको नागार्जुन–१,रानीबनमा स्काइ डान्स स्टुडियो संचालनमा ल्याएकी छिन । नेपाली लोक,आधुनिकक,पप डान्स,जुम्बालगायत सबै प्रकारका नृत्य क्लास दिइने स्टुडियोको बुधबार औपचारिक रुपमा शुभारम्भ गरिएको छ ।
सबै उमेर समूहका नृत्य प्रेमीहरुका लागि विभिन्न कोर्सको ब्यबस्था गरिएको स्टुडियोको चलचित्र कलाकार संघका पूर्वअध्यक्ष रबिन्द्र खड्का र कलाकार उत्तम केसीले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका थिए । सानियालाई शुभकामना दिन नायक सबिन श्रेष्ठ, निर्देशक लक्ष्मण सुवेदी, राज बस्न्यात, रामेश्वर बुर्लाकोटी, पनाह अधिकारीलगायतका कलाकर्मी स्टुडियोमा उपस्थित थिए ।
नेपालको पहिलो खान अभिनेत्रीका रुपमासमेत परिचित सानियाले डोली, कुइनेटो, दुर्गामाण्डु, हिड्दा हिड्दै लगायतका फिल्म र थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी छिन ।




