काठमाडौं । गीतकार डब्बु क्षत्रीको शब्द र निर्देशनमा नयाँ गीत ‘सधैँ तिमी’को भिडियो सार्वजनिक भएको छ । गीतमा गायक यम बराल र गायिका सरिता भारतीको स्वर रहेको छ । गीतमा ओम सुनारको संगीत तथा संगीत संयोजन छ । यो गीतको भिडियो पनि गीतकार क्षत्रीले नै निर्देशन गरेका हुन् । निकै रिसाउने प्रेमिकासँग प्रेमीको नोक झोक र प्रेमलाई गीत र भिडियोमा प्रस्तुत गरिएको छ ।
गीतको भिडियो बंगलादेशको बोगुराको पर्यटकीय क्षेत्रमा छायांकन गरिएको हो । गीतको भिडियोमा गायिका एवम् मोडल सरिता भारती र अभिनेता प्रवण भुसालले अभिनय गरेका छन् । गीतलाई एसबि क्रिएसनको अफिसियल पेजबाट सार्वजनिक गरिएको हो ।
विलक्षण क्रियसनको प्रस्तुत रहेको यो गीतको भिडियोमा बंगलादेशका छायांकार सरकार सुजनको छायांकन छ । जसमा अजय दास र जियाद खन्डोकरको ड्रोन रहेको छ । वीरेन्द्र भाट ‘विपिन’को सम्पादन तथा लोकेस भाटको ग्राफिक्स रहेको यो गीतको भिडियोका निर्मातामा युविका बुढाथोकी रहेकी छिन् ।




