वैशाखकाे तेस्राे सातादेखि छायांकनमा स्टेसन

काठमाडौं । फिल्म ‘बोक्सीको घर’ बाट बक्स अफिसमा सफलता हात पारेकी अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले आफ्नो नयाँ फिल्म ‘स्टेशन’को मुहुर्त गरेकी छन् ।

सोमबार अक्षय तृतीयाको अवसर पारेर ललितपुरस्थित बंगलामुखी मन्दिर परिसरमा मुहुर्त गर्दा फिल्मका निर्देशक, निर्माता तथा प्राविधिक टोलीको उपस्थिति थियो । केकीले नयाँ वर्षको अवसर पारेर यो फिल्म निर्माणको घोषणा गरेकी थिइन् ।

केकी अधिकारी फिल्मसको ब्यानरमा निर्माण हुने यस फिल्ममा सुलक्षण भारतीको निर्देशन रहनेछ । फिल्मको कथा पनि स्वयं भारतीकै रहेको छ । फिल्मका निर्माता बद्री अधिकारी हुन् ।

वैशाखको तेस्रो सातादेखि छायाकंन सुरु गरिने तयारीमा रहेको यो फिल्म आगामी भदौ १९ गते रिलिज हुनेछ ।