काठमाडौं । अभिनेत्री नीता ढुङ्गानाको अभिनय, निर्माण र निर्देशन रहेको फिल्म ‘पार्वर्ती’को छायांकन सकिएको छ। निर्माण पक्षले २२ दिनमा फिल्मको सुटिङ सकिएको जानकारी दिएको हो।
गत चैत २४ गते कास्कीको माछापुच्छ्रे गाउँपालिकाको मिर्सा गाउँ वडा नम्बर १ मा फिल्मको शुभमुर्हूत गर्दै छायाँकन थालिएको फिल्मको निर्धारित समयभन्दा ८ दिन अगावै इन्डक्ल्याप भएको हो ।
फिल्ममा नीतासँगै दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायतको अभिनय छ । फिल्ममा निर्देशक ढुङ्गानाकै कथा छ उनलाई पटकथामा शिवम अधिकारीले सघाएका छन् । सुदिप बरालको डिओपी रहेको फिल्ममा सरोज अधिकारी क्रियटिभ निर्देशक छन्। सरोज कार्टुन क्रुका डान्सर तथा निर्देशक हुन्।
फिल्ममा प्रोडक्सन म्यानेजर र कार्यकारी निर्माता शंकर पाण्डे छन्। साथै निर्मातामा हरिहर अधिकारी छन्। फिल्मको सम्पादन साहिल खानको रहने छ भने यस फिल्मको पोस्टर डिजाइन् रोयल भिमसेनको छ। फिल्म भदौ १२ गते रिलिज हुँदैछ ।




