प्रेमकथाको तिमी मेरो म तिम्रो घोषणा

काठमाडौं । निर्देशक घनश्याम लामिछानेले नयाँ फिल्म ‘तिमी मेरो म तिम्रो’ निर्देशनको घोषणा गरेका छन् । सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मको शुक्रबार राजधानीमा घोषणा गरिएको हो । फिल्म प्रेमकथामा हुने निर्माण पक्षले जनाएको छ ।

फिल्ममा भुवन केसी, अर्जुनजंग शाही, जितु नेपाल, सन्तोष अधिकारी, रियान गिरी, नवनायिका प्रतिमा थापालगायतको अभिनय रहनेछ । फिल्ममा संगीत युग भुसालको हुनेछ ।

आस्प इन्टरटेनमेन्ट अस्ट्रेलियाको निर्माण रहने फिल्मको को–प्रोडुसरमा राज श्रेष्ठ र आशिस थापा मगर रहेका छन् । एक्जुकेटिभ प्रोडुसरमा सन्तोष अधिकारी छन् । लाइन प्रोडुसरमा तेजविक्रम केसी रहेका छन् । नरेन्द्र मैनालीको डीओपी रहने फिल्म मनीष गौतमले लेखेका छन् ।