काठमाडौं। अभिनेता अशोक आर्यन अभिनित फिल्म ‘कुम्भ’को टिजर सार्वजनिक भएको छ। एक्सन–ड्रामामा आधारित यो फिल्म आगामी जेठ १५ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा छ।
टिजरले फिल्मको डार्क, इन्टेन्स तथा एक्सन–ड्रिभेन टोन स्पष्ट झल्काउँछ। उत्कृस्ट ब्याकग्राउन्ड म्युजिक, आकर्षक सिनेम्याटोग्राफी र पात्रहरूको प्रस्तुतीले फिल्म ठूलो क्यानभासमा निर्माण गरिएको संकेत गर्छ।
फिल्ममा अशोक आर्यन, सुनिल थापा, सुशील पोखरेल, रोहित रुम्बा र सृष्टि खड्का, अफ्सना थापा र दक्षिण भारतीय अभिनेता सुरेन्द्र ठाकुरको अभिनय छ ।
फिल्मका लेखक तथा निर्देशक रणधीर श्रेष्ठ हुन्। उनले गीतका शब्दसमेत लेखेका छन् भने संगीत अनुप तिवारीले दिएका छन्। ए रस प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म नेपाली र हिन्दी भाषामा प्रदर्शन गरिने छ । फिल्मको छायांकन नेपाल र दक्षिण भारतका विभिन्न स्थानमा गरिएको छ ।
फिल्ममा छायांकन तथा सम्पादन स्वयं निर्देशक श्रेष्ठले गरेका छन् । संजय थापाको द्धन्द्व निर्देशन रहेको फिल्ममा निर्देशक श्रेष्ठ र राजेश साह निर्माता तथा इश्वर बल्लभ उप्रेती कार्यकारी निर्माता छन् । फिल्मको टिजर आरएए डिजिटल नेपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।




