काठमाडौँ । एउटै स्टेजमा एकसाथ ४ विजेता छानिएका छन् । १५ औँ ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल २०२६’मा सिनियर र जुनियर केटा र केटी गरेर एकसाथ ४ विजेता छानिएका हुन् । प्रतियोगितामा जुनियर ब्वाइज निल वंशल, जुनियर गर्ल शिवाना पाण्डेले शीर्ष उपाधि जित्दा सिनियर ब्वाईजतर्फ आर्सुअंश भण्डारी र सिनियर गर्लमा आरिका उप्रेती विजेता घोषित भए ।
जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार अबेर साँझ सम्पन्न प्रतियोगितामा जुनियर ब्वाइजतर्फ विश्व झा फस्ट रनरअप, नक्स सरावगी अग्रवाल सेकेन्ड रनरअप चुनिदा सेरोन थापा थड रनरअप र सौर्य रौनियार फोर्थ रनरअप भए । सिनियर ब्वाईतर्फ सुर्यान्स श्रेष्ठले फस्ट रनरअप, चिरन गोयल सेकेन्ड रनर अप, सम्वत संसार महर्जन थड रनरअप, सुशान्त राई फोर्थ रनरअप भए ।
त्यस्तै, प्रतियोगितामा सिनियर गर्ल तर्फ अनुस्का थापा फष्ट रनर अप, अमुल्य पन्त सेकेन्ड रनर अप, यादिमा राई थर्ड रनर अप र सुहाना घिमिरे फोर्थ रनर अप चुनिदा जुनयर गर्ल तर्फ आश्री आरएल कुवँर फष्ट रनर अप, सिवान्सी थापा सेकेन्ड रनरअप, अदिश्री आचार्य थर्ड रनर अप र सेजल पाण्डे फोर्थ रनर अप बन्न सफल भए ।
विभिन्न सांगीतिक तामझामसहित आयोजित कार्यक्रम बालबालिकाको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले बताए ।
फैजु डेढ दशकदेखि गुणस्तरीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएका छन् । जुनियरमा २५, सिनियरमा २० गरेर ४५ केटाकेटी प्रतियोगीताको फाइलनमा रहेका थिए ।
मुकुन भुषाल (अभिनेता), रेनुनाथ योगी (अभिनेत्री), राजेश घिमिरे (काठमाडौं वल्र्ड स्कुल कोअडिटेटर), अमन हिताङ ( संस्थापक प्रिन्सिपल संकार गुरूकुल) , रोशनी शाही ठकुरी (बोर्ड अफ डिरेक्टर कोरोना स्कुल), आशिष थापा मगर (आएईभेन्ट म्यानेजमेन्ट निर्देशक), शिरिष आर तुलाधर (सिजी लर्निङ ब्राण्ड हेड) निर्णायक रहेको प्रतियोगतिामा ६ वर्षदेखि १३ वर्षसम्मका अध्ययनरत बालबालिकाको सहभागिता रहेको थियो । प्रतियोगीको कोरियोग्राफी अन्तर्राष्ट्रिय फेसन कोच राज फैजु आफैँले गरेका थिए भने ड्रेस डिजाइन श्रीषा बैदारले गरेकी थिइन् ।
काठमाडौं वल्र्ड स्कुलको मुख्य प्रयोजक रहेको प्रतियोगीताका सबै विजेताले उपाधिको साथमा बिभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी अवसर प्राप्त गरेका छन् ।





