भीषणको पुरानो बुलेट कुदाउँदै अनुपविक्रम

काठमाडौ । लामो समयदेखि सक्रिय पत्रकारिता गरिरहेका पत्रकार भीषण राई अब निर्देशकका रुपमा दर्शकमाझ आउने भएका छन् । क्रेजी इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने नयाँ फिल्म ‘पुरानो बुलेट’मा भीषणको डेब्यु एक्सनकट हुनेछ । फिल्मको बिहीबार राजधानीमा घोषणा गरियो ।

फिल्मको शीर्ष भूमिकामा अभिनेता अनुपविक्रम शाही, अभिनेत्रीद्वय वर्षा सिवाकोटी र माला लिम्बु हुनेछन् । यि कलाकारबाहेक कविता आले, शिव मुखिया, कृष्ण भक्त महर्जन, शिरोमणी दवाडी, दिवज राईको पनि अभिनय हुनेछ । फिल्मलाई अशोक कुमार राई, दीपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईले संयूक्त रुपमा निर्माण गर्नेछन् । फिल्मको कार्यकारी निर्मातामा सन्तोष राई छन् ।

निर्देशक भिषण र कार्यकारी निर्माता सन्तोषको कथा पटकथा रहने फिल्ममा हरि घले लामाको छायांकन, उत्तमजंग लिम्बु र जयन जे वाइवाकोे संगीत, राजेशपायल राई, मेलिना राई, जयन जे वाइवा र उत्तमजंग लिम्बुको गायन तथा प्रशान्त तामाङको कोरियोग्राफी हुनेछ । असार १५ गतेबाट पूर्वाञ्चलका विभिन्न जिल्लामा छायांकन हुने फिल्म आगामी मंसीरमा रिलिज हुनेछ ।