यस्तो छ ए सोल्टिनीको शीर्ष गीत

काठमाडौं । आगामी असार १५ गते रिलिज मिति तोकिएको फिल्म ‘ए सोल्टिनी’ को शीर्ष गीत सार्वजनिक भएको छ । गायक सुवास नेपालीको स्वर रहेको गीतको भिडियोमा सबिन श्रेष्ठ, अर्जुन गुरुङ र गंगा राना मगरले फिचरिङ गरेका छन् । गीतमा निर्देशक निमा लामा तामाङको शब्द र संगीत छ भने अभि लामाले कोरियोग्राफी गरेका छन् ।

दिलकुमार घलान तामाङले निर्माण गरेको फिल्मको प्रस्तुतकर्ता पूर्णी तामाङ छिन् । जिम्वा फिल्मस् प्रोडक्शनको ब्यानरमा बनेको फिल्ममा सबिन श्रेष्ठ,अर्जुन गुरुङ, जयनन्द लामा,ज्ञानबहादुर जिम्वा,गंगा रानामगर, मन्जु श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् ।