सृष्टि पाउन कान गुमाए विनयले

काठमाडौं । आगामी साउन फिल्म ‘रोमियो एण्ड मुना’को ट्रेलर गरिएको छ । प्रोमोमा फिल्मका शिर्ष पात्र विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ झगडा र प्रेमलाई देखाइएको छ । विनयले सृष्टिको माया पाउन आफ्नो कान काटेको दृश्य पनि देखाइएको छ ।

नरेशकुमार केसी निर्देशित फिल्ममा विनय र सृष्टिसँगै सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्जवल सुजल गिरीको अभिनय छ । प्रोमोमा सुस्मालाई टु पिसमा देखाइएको छ ।

फिल्ममा प्रशन्नमान गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यको लगानी छ । निर्देशक केसीको पटकथा रहेको फिल्ममा निरोज महर्जनले केसीलाई संवाद लेख्न सघाएका छन् ।