छायांकनमा भीषणको पुरानो बुलेट

काठमाडौं । क्रेजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘पुरानो बुलेट’को शनिवारबाट छांयाकन सुरु भएको छ । काठमाडौंबाट छायांकन शुरु गरिएको फिल्म यहाँको दृश्य खिचेर प्रदेश नं. १ तर्फ लाग्ने तयारीमा छ ।

पत्रकार भीषण राईको डेब्यु निर्देशनमा बन्दै गरेको फिल्मलाई मेहनतका साथ तयार पारिने उनले बताए । फिल्ममा अनुपविक्रम शाही, वर्षा शिवाकोटी, माला लिम्बु, कविता आले, शिव मुखिया, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, दिवज राईलगायतका कलाकारको अभिनय छ ।

फिल्ममा अशोककुमार राई, दीपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राइको लगानी छ । फिल्मको कार्यकारी निर्मातामा सन्तोष राई छन् । निर्देशक भिषण र कार्यकारी निर्मातामा सन्तोषको कथा र पटकथा रहेको फिल्ममा हरि घले लामाको छायांकन, उत्तमजंग लिम्बु र जयन जे वाइवाकोे संगीत र प्रशान्त तामाङको कोरियोग्राफी छ ।