भरतको सांगीतिक चाहना यो मनको

काठमाडौं । गायक भरत राईको एल्बम ‘चाहना यो मनको’ सार्वजनिक भएको छ । राजधानीमा शनिवार एक कार्यक्रमका बीच साहित्यकार भुपाल राई, गायक राजेशपायल राई, व्यवसायी अलाईभ ग्लाईडर र संगीतकार महेन्द्र राईले एल्बम सार्वजनिक गरे ।

एल्बममा ‘चाहना यो मनको’, ‘लाहुरेको जिन्दगी’, ‘बुलेट चढेर’, ‘मैले जस्तो आशु’, ‘तिम्रो याद’ लगायतका गीत छन् । गीतमा महेन्द्र राई, देवेश राई, टिकेन्द्र राईको संगीत र मेलिना राई र नम्रता राईको महिला स्वर छ ।  कार्यक्रममा गायक राजेशपायलले भरतको स्वर कर्णप्रिय रहेकाले भरतको सम्भावना देखेको बताए । साहित्यकार भुपालले गीतका शब्द, संगीत र स्वर राम्रो रहेको बताए ।

कार्यक्रममा एल्बमको शीर्ष गीत ‘चाहना यो मनको’को म्यूजिक भिडियो पनि देखाइएको थियो । किराँत बिन्दाले निर्देशन गरेको भिडियोमा खम्बुहाङ राई र मिम्छा राईको अभिनय छ । भिडियोमा अकिंत कार्कीको छायांकन छ ।