गाँजाबाजामा ह्याप्पी ह्याप्पी सुशिल

काठमाडौं । आगामी फागुन २५ गते रिलिज हुने फिल्म ‘गाँजाबाजा’को ‘ह्याप्पी ह्याप्पी मूड’ बोलको गीत सार्वजनिक भएको छ । दुई वर्ष अघिदेखि चलचित्र विकास बोर्डमा फिल्मको नामका विषयमा विवाद भएपछि गणेशदेव पाण्डे निर्देशित फिल्म समयमा प्रदर्शन हुन सकेको थिएन ।

सार्वजनिक गीतमा निख एण्ड जटाको संगीत र जटावेदा बेनर्जीको स्वर छ । फिल्ममा अनुपम शर्मा, सुशील सिटौला, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, वर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।

गीतमा प्रमुख कलाकार सुशिल सिटौलासहित उनका साथीहरुले फिचरिङ गरेका छन् । फिल्ममा याकोपो रास्लिकको छायाँकन, लोकेश बज्राचार्यको सम्पादन छ । बाबा फिल्म निर्माण कम्पनिको सहयोगमा डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्मको निर्मातामा दिपेन्द्र रेग्मी र गोमा विष्ट थापा रहेका छन् ।