छमछमी ३ बाट बाहिरिए बाँकेका रोशन

काठमाडौं । नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो ‘रियो छमछमी ३’ बाट बाँके कोहलपुरका रोशन विश्वकर्मा बाहिरिएका छन् । बाँकेको अडिसनबाट छानिई २ सय ७५ प्रतियोगिहरु बिच मेगा अडिसनका लागि काठमाडौं आइपुगेका रोशन त्यसपछिका प्रत्येक राउण्मा विविधतायुक्त प्रस्तुति दिँदै निर्णायकको नजरमा परेका थिए ।

निर्णायकको नजरमा परेर टप ११ राउण्डमा पुगेका उनले यो राउण्डमा भने दर्शकबाट सोचेजति भोट बटुल्न सकेनन् । शोको प्रतिस्पर्धीको लहरबाट बिदा हुँदै उनले सम्पूर्ण दर्शक र भोट दातालाई धन्यवाद दिंदै कोहलपुरमै रहेर पनि आगामी दिनमा निरन्तर नृत्य क्षेत्रमै लागिपर्ने र निरन्तर साधनाबाट छमछमीको अर्को श्रृंखलामा बिजेताको रुपमा आफूलाई प्रस्तुत गर्ने बताए ।

टप ११ राउण्डसम्मको सहभागीको रुपमा रहँदा कोरियोग्राफर र निर्णायकहरुबाट धेरै कुरा सिक्न पाएकोमा र राष्ट्रिय प्रसारणको पर्दामा आफूलाई निरन्तर प्रस्तुत गर्न पाएकोमा रोशनले खुशी व्यक्त गरे । यो कार्यक्रम हरेक बुधवार बेलुकी ८ः४० बजे नेपाल टेलिभिजनबाट प्रसारण हुन्छ । रियो छमछमी ३ को प्रायोजन चौधरी ग्रुपको पेय उत्पादन रियोले गरेको छ भने बजारीकरण कि एडभरटाइजिङ सर्भिसेसले गर्दै आइको छ । छमछमीको चौथो र पाँचौ श्रृंखला समेत प्रायोजन सम्झौता भैसकेको छ ।