सहिद दिवसमा कामना फिल्म अवार्ड

काठमाडौं । सिने मासिक पत्रिका कामनाले सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्न लागेको ‘लक्स कामना फिल्म अवार्ड् २०७४’ आगामी माघ १६ गते हुने भएको छ । यसअघि पुष २२ गते तय गरिएको अवार्ड समारोह प्राविधिक कारणले माघ १६ गते सारिएको आयोजक कामना सिने मासिकले जनाएको छ ।

२०७१ सालबाट शुरु भएको अवार्डको तेस्रो संस्करणमा ३२ विधामा अवार्ड कलाकार तथा प्राविधिकलाई दिइनेछ । अवार्डमा गत वर्षबाट युनिलिभिर नेपालको सौन्दर्य साबुन लक्ससमेतले सहकार्य गरेको छ । ‘सम्मान चलचित्रकोः उत्सव उत्कृष्टता’को भन्ने नारासहित हुन लागेको अवार्डमा फिल्म क्षेत्रमा पु¥याएको योगदानको आधारमा कला र प्रविधि क्षेत्रबाट एक– एकजनालाई जनही १ लाख रुपैयाँ नगदसहित ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ दिइनेछ ।

त्यसै गरी निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिनेछ । संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिनेछ । लक्सको सहभागीतासँगै गत वर्षबाट थप एक नयाँ विधा लक्स पपुलर च्वाईस अवार्ड पनि थपिएको छ ।

लक्स पपुलर च्वाईस अवार्ड थपिएसँगै दोस्रो संस्करणको यो अवार्ड समारोहमा यस वर्ष पनि ३२ विधामा अवार्ड प्रदान गरिनेछ । एसएमएस भोटिङका आधारमा लक्स व्युटी स्टार छनौट हुने अवार्डको यो विधामा वर्षा राउत, केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा र सृष्टी श्रेष्ठ प्रतिष्पर्धी छन् । अन्य ९ लोकप्रिय विधामा पनि एसएमएस भोटिङको व्यबस्था गरिएको छ ।