यस्तो छ स्वर्ग मेरो गाउँ ट्रेलर

काठमाडौं । फिल्म ‘हमेशा’ डेब्यु नायक नरेन खड्कालाई गाउँले युवाको भूमिकामा प्रस्तुत गरिएको फिल्म ‘स्वर्ग मेरो गाउँ’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा रोमान्स, प्रेम र एक्सनका दृश्यहरु समेटिएका छन् । माघ १२ गते रिलिज हुने फिल्मले शहरबाट गाउँ घुम्न गएका युवतीहरु गाउँलाई नै स्वर्ग बनाउन गरेको संघर्षलाई प्रस्तुत गरेको छ ।

रामकृष्ण बजगाइको निर्माण र निर्देशनमा बनेको फिल्ममा नरेनका अलावा रामकृष्ण बजगाइँ, भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा, अष्ट महर्जन लगायतका कलाकारको अभिनय छ ।

पवन गौतमले खिचेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व, गोविन्द राईको कोरियोग्राफी, रामचन्द्र काफ्ले, प्रिति कौर र मिना निरौलाको स्वर तथा सुनिता बराल बजगार्इको कथा छ ।