चार हजार दर्शकमाझ गुञ्जिए राजेशपायल

इटहरी । भर्सटायल गायकको छवि बनाएका गायक राजेशपायल राई लामो समय पछि इटहरीका दर्शकमाझ गुञ्जिएका छन् । अंग्रेजी नयाँवर्षको अवसर पारेर आयोजित सांगीतिक कार्यक्रममा राजेशपायलले पुषको चिसोमा इटहरीको जनता स्कुलको मैदानमा झण्डै चार हजार दर्शकलाई आफ्ना डान्सिङ नम्बरका गीतले तताए ।

साझ ८ बजे स्टेजमा देखा परेका राईले ‘फेरी फेरी नाइ नभन्नु ल’ बोलको गीतवाट प्रस्तुति सुरु गरे । माहोलअनुसार आफ्नो प्रस्तुति दिन खप्पिस राईले ‘तिमीले बाटो फेरेउ अरे’, ‘एक्कासी दुकासी’, ‘उकालीमा जाँदा जाँदै’, ‘म त मर्छुकी क्या हो ठूली’, ‘तिमी मन दिन्छु’, ‘किन यती धेरै माया लाग्छ है’, ‘मैले मायाले दिएको चिनो’ लगायत डेढ दर्जन बढी गीत प्रस्तुत गरे ।

उनले नयाँवर्षलाई स्वागत गर्दै ‘दर्शन नमस्ते’ गीतबाट कार्यक्रमको बीट मारेका थिए । सिल्भर ईन्टरटेन्मेन्टको आयोजनामा भएको ‘नेपाल आइस न्यु इयर इभ कन्र्सट’मा राजेशसँगै पूर्वकी लोकदोहोरी गायिका अन्जु गौतम, गायक पल लिम्बू, गायक डिल्ली फोम्बो, बबिन लिम्बुलगायत गायक गायिकाको प्रस्तुति रहेको थियो ।