कालो बादलमा देखिए सरोज

काठमाडौं । गायक सरोज दत्तको स्वरमा रहेको ‘कालो बादल’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘जुनी जुनीलाई’, ‘दिन ढल्यो रात बित्यो’, ‘ओठदेखि’, ‘चरी उड्यो आकाश मै भरर’ र ‘भैगो’लगायतका चर्चित गीत दिइसकेका गायक सरोजले नयाँ गीत ‘भयंकर व्याण्ड’को कम्पोजिसन तथा उत्पादनमा बजारमा ल्याएका हुन् ।

भिडियोमा अम्बिका अधिकारी र बाम्बे आने मर्लिनले फिचरिङ गरेका छन् । उग्रडिजाइन डटकमले सम्पादन र निर्देशन गरेको भिडियोलाई पुरानो शैलीमा देखाउन विभिन्न इफेक्ट्सहरुको प्रयोग गर्दै श्यामस्वेतमा निर्माण गरिएको छ ।

व्याण्डमा बेस गीतारमा रोविन तामाङ, लिड गितारमा अनुपम राई, रिदम गितारमा सिद्धार्थ विष्ट र ड्रममा सुलोभ त्रिपाठी छन् । भिडियोमा सञ्जीवनी राईको विशेष सहयोग छ ।