काठमाडौं । गत शुक्रबारदेखि फिल्म ‘यात्रास् अ म्युजिकल भ्लग’को प्रदर्शन भईरहेको छ । प्रदर्शनको पहिलो साता पुग्नै लाग्दा यसले अढाई करोडको हाराहारीमा ग्रस कलेक्सन गरिसकेको छ । फिल्ममा दर्शकले नायक सलिनमान बनियाँको एक्सन र नृत्यको पाटोलाई निकै रुचाएका छन् । सलिनको एक्सनलाई चिनियाँ कलाकार जुनझाङले पनि निकै मनपराए ।
गत मंगलबार सलिन र दर्शकसँग फिल्म हेरेर निस्किएका झाङले सलिनको एक्सनको खुलेर तारिफ गरे । ‘सलिन निकै मेहनती कलाकार हुन् । उनले आफुलाई प्रमाणित गर्न निकै मेहनत गरेका छन्’ झाङले भने ‘सलिनको एक्सनले मलाईसमेत चकित बनायो ।’ चीनमा फाइट डिरेक्टरको रुपमा समेत साना फिल्ममा काम गरेका जुनले सलिनले अवसर पाएमा निकै राम्रो एक्सन गर्ने संकेत गरे । उनले सलिनलाई चिनियाँ फिल्ममा प्रयास गर्नसमेत आग्रह गरे ।
फिल्म हेर्न पुगेका निर्देशक, कलाकार तथा द्वन्द्व निर्देशक हिमाल केसीले सलिनको कामको प्रशंसा गरे । यस फिल्ममा उनको द्वन्द्व निर्देशन छ भने सलिनलाई २ महिना एक्सन तालिम समेत दिएका थिए । फिल्ममा सलिनसंगै सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्यलगायतको अभिनय छ






