काठमाडौं । लामो समयदेखि युवा प्रेरकको रुपमा काम गर्दै आएकी जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’को भिडियो सार्वजनिक भएको छ ।
यसअघि ‘सम्हाल्ने मुटुलाई’ बोलको गीत ल्याएकी उनको नयाँ गीतमा पुजा लामाको शब्द, सुरज तामाङको संगीत र देवेश राईको एरेञ्ज छ ।
गीतको भिडियोमा सम्राट डिवन र टुटुना बथारीको अभिनय रहेको छ । भिडियोमा न्युटोन लांथासाको निर्देशन रहेको छ । पृथ्वीराज दुत्ताको छायांकन रहेको छ ।






