तुलसी र रामको कथामा तुलसीराम घोषणा

काठमाडौं । बुद्ध जयन्तीको अवसर पारेर फिल्म ‘तुलसीराम’ निर्माण घोषणा गरिएको छ। फिल्म आगामी जेष्ठको अन्तिम साताबाट छायाङ्कनमा जाने निर्माण पक्षले जानकारी दिएको छ । फिल्मको छायांकन काठमाडौं, चित्लाङ्ग र हेटौडाको विभिन्न ठाउँमा हुनेछ ।

एलआरआरको ब्यानरबाट निर्माण हुन् लागेको फिल्मको कथाकार, निर्देशक तथा निर्माता बाबुसाहेब बलामी हुन्। फिल्मको लेखक शंकर अधिकारी घायल हुन् । फिल्मको कार्यकारी निर्माता तथा द्वन्द निर्देशक देव महर्जनको रहने छ भने फिल्ममा बिकास चौधरी र शंकर कृष्ण घायलको संगीत रहने छ ।

निर्देशक बलामीले पारिवारिक कथामा फिल्म निर्माण हुने बताए । ‘फिल्मले तुलसी र रामको कथालाई विशेष प्राथमिकता दिनेछ’, उनले भने ।