काठमाडौँ । गणतन्त्र दिवसको अवसर पारेर टेलिभिजन रियालिटी शो ‘एक्टिङ स्टार’ बिहिबारदेखि प्रसारण हुने भएको छ । एपीवान टेलिभिजन र ओएसआर रियालिटीमा बेलुकी ९ बजे प्रसारण हुनेछ । केहि महिना अगाडी नै डिजिटल अडिसनको आव्हान गरेर प्रतियोगी खोज्दै गरेको रियालिटी शो ‘एक्टिङ स्टार’ले प्रि–जज अडिसन सम्पन्न गरी फिजिकल अडिसन लिइसकेको छ ।
निर्णायक टीममा निर शाह, अनुप बराल र ऋचा शर्मा रहेको जानकारी आयोजक संस्था महक मिडिया नेटवर्कले गराएको छ । अभिनयका बादशाह भनेर चिनिने निर शाह, थुप्रै सफल कलाकारका गुरु अनुप बराल र चर्चित अभिनेत्री ऋचा शर्माले ‘एक्टिङ स्टार’को छनोट गर्नेछन् ।
कार्यक्रममा सहभागी हुनको लागी बाल कलाकार, युवा कलाकारको साथ साथै बृद्दहरुको समेत रुची देखिएको छ । अभिनय कला प्रस्फुटन गर्ने उद्देश्यले ल्याउन लागिएको यो शोको निर्देशन विशाल भण्डारीले गरेका छन् । गायन, नृत्य र कमेडीका रियालिटी शोहरुलाई दर्शकले रुचाइरहेका बेला ‘एक्टिङ स्टार’ पनि आउन लागेको हो ।
‘एक्टिङ स्टार’ को डिजिटल अधिकार ओएस आर डिजिटलले खरिद गरेको छ । ‘एक्टिङ स्टार’को विजेताले नगद पुरस्कार राशीसहित फिचर सिनेमामा काम गर्ने अवसर पाउनेछन् । कार्यक्रमका सञ्चालक श्रीजल रुपाखेती हुन्।






