काठमाडौं । यहि असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘यो मन त मेरो नेपाली हो’ को प्रचारप्रसारका लागि पिःल्मका निर्देशक मित्र प्रधान र नायिका आयुषा समाल नेपाल आइपुगेका छन् । शनिबार बिहान अमेरिकाबाट फिल्म रिलिजको लागि नेपाल आइपुगेका हुन् । फिल्मका नायक रोशन श्रेष्ठले प्रधान र समाललाई एयरपोर्टमा स्वागत गरे ।
निर्देशन प्रधानले अमेरिकामा बिभिन्न सहरमा भएको प्रदर्शन र दर्शकको राम्रो प्रतिक्रिया बाट आफुलाई हौसला मिलेको र अब यहि असार २७ गतेबाट नेपालमा प्रदर्शन हुँदा नेपाली दर्शकको साथ र सहयोग हुने विश्वास व्यक्त गरे । प्रधानले नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्न आफुले फिल्म निर्माण गरेको हुदा हरेक नेपालीले फिल्म हेर्नुपर्ने बताए ।
फिल्ममा रोशन श्रेष्ठ, विजय बराल ,विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती,भुपेन्द्र लिङ्देन “मन्त्री”,सुबास भन्डारी,बिजय सुब्बा,बिजिता परियार , देवराज राजबन्शी,भानुभक्त सिटौला लगायतको अभिनय रहेको छ।






