काठमाडौं। कमेडी शो ‘कमेडी दरबार’मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र नेकपा एमाले केन्द्रीय सदस्य कोमल ओली एकसाथ पाहुनाको रुपमा पुगेका छन् ।
उनीहरुको दृश्यको मंगलबार छायांकन गरिएको छ । जहाँ राजेन्द्र लिङ्देन र कोमल ओलीलाई एकै साथ देख्दा उपस्थित दर्शकहरुले पनि निकै मनोरञ्जन लिएका थिए। पछिल्लो समय राप्रपाले गर्दै आएको राजावादी आन्दोलन सँगसँगै कोमल ओली राप्रपाबाट एमालेमा प्रवेश भएसँगैका विषयहरु एपिसोडमा रमाइलो ढङ्गबाट प्रस्तुत गरिएको छ ।
पछिल्लो समयको लोकप्रिय शोमा आफू पाहुना भएर आउन पाउँदा खुसी लागेको राजेन्द्र लिंगदेनले बताएका छन्। साथै उनले नेताहरुलाई रमाइलो ढंगबाट गरेको व्यङ्ग्यसँगै कलाकारहरूको प्रस्तुति उत्कृष्ट लागेको बताए ।
कलाकार तथा नेतृ कोमल ओलीले ‘कमेडी दरबार’ पहिलेदेखि नै हेर्दै आएको र आज आफूमाथि नै व्यङ्ग्य भएको देख्दा अझ आफूलाई रमाइलो लागेको बताइन्।
आजको एपिसोडमा सुन्दर खनाल पूर्व राजा ज्ञानेन्द्र शाह बनेर प्रस्तुत भएका छन् भने कमेडियन खबपु चञ्चल मगर राजेन्द्र लिङ्देनको अवतारमा पुगेका छन्। यसैगरी पवन खतिवडा म्याकुरी कोमल ओली बनेर पुगेका छन् ।
श्रद्धा प्रसाईले निर्देशन गर्दै आएको सो बिक्की अग्रवाल र सजिना खनालले होस्ट गरिरहेका छन्। शोमा उत्सब सापकोटा, हिमेश पन्त, पवन खतिवडा, सुजिता श्रेष्ठ, सुन्दर खनाल, बिटी कान्छा, विकाश अर्याल, सरोज भन्डारी, पवित्रा शाकी (मिस पबी), पवन खतिवडा (म्याकुरी) ले प्रस्तुती दिंदै आएका छन्।
यस पटकको भागमा ऋितिज केसी र खबपु मगर गेष्ट कमेडीयनको रुपमा थिए। शोको स्क्रिप्ट विकाश अर्याल र सरोज भन्डारी स्किष्ट राइटर हुन्। शोमा महाराजाको रूपमा मनोज गजुरेल र महारानीको रूपमा गौरी मल्ल रहदै आएका छन्। अहिले केही भागका लागि चलचित्र निर्देशक प्रदीप भट्टराई महाराजाको रूपमा छन्।
सो आगामी शुक्रबार प्राइम टेलिभिजन र ओएसआर रियालिटी युट्युव मार्फत प्रसारण हुनेछ।






