काठमाडौं । पति वियोगमा परेकी विधवाले सामाजिक रूपमा भोग्नुपर्ने परिस्थितिमा आधारित रहेर टेलिफिल्म ‘हिरा’ तयार भएको छ । राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त फिल्म ‘बुलाकी’को निर्माण ब्यानर छत्रेश्वरी म्यानेजमेन्ट प्रालीले सामाजिक कथामा रहेर सिरियल निर्माण गरेको हो ।
टेलिफिल्मको आइतबार पोस्टर सार्वजनिक गरिएको छ । निर्देशक विशाल बरालका अनुसार साउन १ गते ट्रेलर सार्वजनिकसँगै साउनकै १५ गतेबाट राष्ट्रिय टेलिभिजनबाट ‘हिरा’ औपचारिक प्रशारणमा आउनेछ । सामाजिक सञ्जाल प्लेटफर्म युट्यूवमा भने निर्माण कम्पनी छत्रेश्वरी म्यानेजमेन्टको आधिकारिक च्यानल सिएम डिजिटलबाट प्रशारण हुने बरालले बताए।
विराज विष्टको कथामा तयार टेलिफिल्म पवी दाहालले निर्माण गरेकी हुन् । टेलिफिल्ममा विशाल पहारी, प्रीया रिजाल, सुवर्ण दुलाल, विधा कार्की, प्रीति शिवाकोटी, रवि खड्का, कुलबहादुर वली, केशु पुनः मगर, सिर्जना सिटौला, दिनेश कठायत, गंगाराम श्रेष्ठ, पवि दाहाल, लक्ष्मी गोसाइँ, रोहन परियार, वेगबहादुर श्रेष्ठ, बल नेपाली र अनिल जिसीको अभिनय छ ।
स्व. मोती विष्टको प्रस्तुतिमा तयार टेलिफिल्ममा राजबहादुर सानेको लेखन छ । टेलिफिल्ममा रक कौशलको छायांकन, जय देवकोटाको संगीत र समीक्षा अधिकारीको स्वर छ ।
टेलिफिल्ममा मिलन विश्वकर्माको सम्पादन, किरण तुलाधरको व्याकग्राउण्ड म्युजिक र ट्रेलर रहँदा पोस्टर राकेश दाहालले तयार पारेका छन् । टेलिफिल्मको छायांकन काभ्रेको बनेपा ३ नाला चुना ताल आसपास गरिएको छ ।






