चैत १३ मा चमेलीको पोइ

काठमाडौं । सुरक्षा पन्त र मुकुन भुसालको मुख्य अभिनय रहेको फिल्म ‘चमेलीको पोइ’ को फर्स्टलुक सार्वजनिक गरिएको छ। एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको फिल्मको निर्माण पक्षले बुधबार तीनवटा पोस्टर दर्शकमाझ ल्याएको हो।

दुई पोस्टरमा शीर्ष कलाकार सुरक्षा र मुकुन मात्र छन् भने अर्को एक पोस्टरमा शीर्ष प्रायः कलाकारहरू चित्रित छन्। फिल्ममा सुरक्षा र मुकुनसँगै नारायण त्रिपाठी, विल्सन विक्रम राई, प्रेमदेव गिरी, रविन्द्र झा, गणेश गौतम, अंशु महर्जन, बविन राई, खड्ग बहादुर पुन, उमेश राई, रजनी गुरूङलगायत कलाकारहरूको अभिनय छ।

धनलक्ष्मी सिने मेकर्सको प्रस्तुति रहेको फिल्मको निर्माता सुनिता सापकोटा र राम नारायण उपाध्याय हुन्। कार्यकारी निर्मातामा उदय विक्रम राणा र रितु मल्ल ठकुरी छन्।

फिल्म रामनवमीको अवसर पारेर चैत १३ गतेदेखि प्रदर्शनमा आउनेछ।