काठमाडौँ। निर्देशक राजेन्द्र बस्नेतको निर्देशनमा कमेडी फिल्म ‘किस्ने कहाँ छ ?’ को औपचारिक घोषणा गरिएको छ। थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरिएको छ। थिम पोस्टरमा एउटा गाडी हिलो बाटोमा रोकिएर गाडीभित्रको मान्छे बाटोमा काम गर्दै गरेको मान्छेसँग कुरा गर्दै गरेको देख्न सकिन्छ।
फिल्मको कथा, पटकथा र संवाद लेखक विनयराज पौडेलले तयार पारेका हुन्। ग्रीन प्यारोट्स फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस फिल्ममा हेमन्त बस्नेत निर्माता र ईश्वर बल्लब उप्रेती कार्यकारी निर्माता छन् ।
निर्देशक बस्नेतका अनुसार कलाकारको टुंगो नलागिसकेको फिल्मको छायांकन छिट्टै सुरु हुनेछ।






