युवा लघु–सिनेमा प्रतियोगिताको आव्हान

काठमाडौं । नेपालको पुरानो सिनेमा कलेज अस्कर अन्तर्राष्ट्रिय कलेजले वर्षेनी गर्दै आएको लघु–सिनेमा प्रतियोगिताको तेश्रो संस्करणको लागि आजबाट छोटा फिल्महरूको आव्हान गरिएको छ । २० वर्षभन्दा मुनिका युवायुवतीहरूको लागि लक्षित यस प्रतियोगितामा प्रथमले एक लाख, द्वितीयले पचास हजार र तेश्रोले पच्चीस हजार पाउनेछन् भने सान्त्वना पुरस्कारको पनि व्यवस्था रहेको छ।

कलेजका अनुसार सबै पुरस्कार पाउनुहुने फिल्मकर्मीहरूले यदि कलेज भर्ना हुने ईच्छा देखाएमा कलेजले पचास प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने उल्लेख गरेको छ । आव्हान गरिएका छोटा फिल्महरू कम्तिमा ८ मिनेट बढिमा १५ मिनेट हुनुपर्ने शर्त राखिएको छ । भदौ ६ गते, शुक्रबारको दिनसम्म बुझाईसक्नुपर्ने समयसीमा तोकिएको छ । भदौ १३ गते उत्कृष्ट फिल्महरूको प्रदर्शनीसँगै विजेताहरू घोषणा हुने तथा पुस्कार वितरण हुने भनिएको छ ।

युवा पुस्तालाई सिनेमा निर्माणमा उत्प्रेरित गर्न तथा विभिन्न नयाँ प्रतिभाहरूलाई पहिचान गर्न यो प्रतियोगिता वर्षेनी आयोजना हुँदै आईरहेको कलेज प्रशासनले जनाएको छ । नेपालमा हुने ठूला धनराशी पुरस्कार भएका केहि छोटा सिनेमा प्रतियोगिताहरूमध्ये यो एउटा महत्तवपूर्ण प्रतियोगिताको रूपमा परिचित हुँदै गईरहेको छ ।