काठमाडौं । खिलबहादुर गुरुङको निर्देशनमा निर्माण भएको फिल्म ‘रिमै’को शिर्ष गीत सार्वजनिक भएको छ । आगामी भदौ २० गतेबाट देशव्यापी प्रदर्शनमा आउने फिल्मको सार्वजनिक गीतमा मुख्य कलाकारहरु दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र गौमाया गुरुङ फिचर्ड छन् ।
बुधबार सार्वजनिक गीतमा दीपक शर्माको शब्द तथा कम्पोज छ । गीतमा रिता केसी र अंशु लामा (अशबहादुर गुरुङ)को स्वर छ । गुरुङ परिवेशमा गीत तयार पारिएको छ ।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ ।
उपेन्द्र सुब्बाको लेखन रहेको फिल्ममा शैलेन्द्र ध्वज कार्कीको छायांकन छ । वीरवल घले कार्यकारी निर्माता रहेको फिल्ममा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माताको छन् ।
फिल्ममा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ ।






