शनिबारदेखि छायांकनमा स्त्री

काठमाडौँ । ऋषि पञ्चमीको अवसर पारेर फिल्म ‘स्त्री’ को मुहूर्त गरिएको छ । राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा मुहूर्त गरिएको फिल्मको छायांकन शनिबारबाट सुरु हुनेछ ।

जीवन शाहीको लेखन तथा निर्देशन रहने फिल्मको छायांकन ३५ दिनको सेड्युलमा काठमाडौँमा गरिनेछ । फिल्ममा प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत, नम्रता श्रेष्ठ तथा बालकलाकारद्वय दिप्सन चिलवाल र दीपेन्द्र चिलवालको अभिनय रहनेछ ।

मेला रेकर्डिङ स्टुडियोको ब्यानरमा समिर राई निर्माता छन् । फिल्मको पटकथा निर्देशक शाही र किशन अर्यालले तयार पारेका हुन् । फिल्ममा बाबुल गिरीको संगीत, देव महर्जनको द्वन्द्व, चन्द्र भण्डारीको प्रमुख सहायक निर्देशन हुनेछ ।