फिल्ममा हरिबहादुर हेर्दा दर्शक खुशी

काठमाडौं । फूलपातीबाट रिलिज भएको फिल्म ‘हरिबहादुरको जुत्ता’ ले बिहानबाट दर्शकको बलियो साथ पाएको छ। बिहान ५ः४५ देखि प्रदर्शन सुरुवात गरेको फिल्मका अधिकांश शो हाउसफुल रहेका छन्। बिहान देखिका शो हलमा दर्शकको ८० प्रतिशत बढी अकुपेन्सी रहेको थियो । केहि हलले वर्ड अफ माउथ बलियो भएको कारण बोलीको लागि शो संख्या बढाएका छन्।

बिहानबाट नै हरिवंश आचार्य सहितका कलाकार हलमा पुगेका थिए। पारिवारिक दर्शक देखिएको हलमा उत्कृष्ट प्रतिक्रिया मिलिरहेको छ। बिशेष गरि हरिबहादुरलाई पर्दामा हेरेका बुढाबुढी हलमा देखिएका थिए। फिल्ममा फेरी हरिबहादुरलाई देख्न पाउँदा खुसि मिलेको प्रतिक्रिया दर्शकले दिएका छन्। फिल्मले हसाउदै मन छोएको उनीहरुले बताए ।

दिपेन्द्र के खनाल निर्देशित फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्म सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका हुन्। कृष्णबहादुर थापाले खिचेको फिल्ममा नकुल खड्काले सम्पादन गरेका छन्। वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको फिल्ममा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।