काठमाडौँ । ७ कातिकबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’को सेन्सर पास भएको छ । नेपाल सरकार अन्तर्गतको केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिएको हो ।
फिल्मले युनिभर्सल सर्टिफिकेट पाएपछि अब यो फिल्म सबै उमेरका दर्शकले हेर्न पाउनेछन् । विल्सन बिक्रम राईको लेखन तथा निर्देशनमा निर्माण भएको यो फिल्ममा पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थलाई पर्दामा उतारिएको छ । फिल्मको कथा, पटकथा र निर्देशन राई स्वयंको छ ।
फिल्ममा धीरज मगर, मिरूना मगर, दिया पुन, सुनील थापा, कविता आले, पुस्कर गुरूङ, अभयराज बराल, उदय सुब्बा, बुद्धि तामाङ, रजनी गुरूङ, विशाल लिम्बू र सुभाष सिंह ठकुरीलगायत कलाकारहरूको अभिनय छ ।
फिल्ममा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत, राजेशपायल राई, अस्मिता अधिकारी, झुमा लिम्बू, अनमोल गुरुङको स्वर छ ।तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण फिल्ममा डिबी राई र सरिना लामा राई निर्माता छन् । फिल्ममा सौरभ लामाको छायांकन छ ।






