काठमाडौं । कार्तिक १४ बाट रिलिज हुने फिल्म ‘परान’ को टिमका प्रमुख दुई कलाकार केकी अधिकारी र अन्जना बराइलीले यमपन्चकको पहिलो दिनको साँझमा देउसी खेलेका छन् । आइतबार राष्ट्रिय लोक सन्चारकर्मी नेपालले इन्द्रेणी समाजको हलमा आयोजना गरेको देउसी भैलो बिशेष कार्यक्रममा फिल्म टिमको सहभागिता थियो । जसमा नायिकाद्धय केकी र अन्जनासँगै फिल्मका निर्देशक दिपकप्रसाद आचार्य, प्रोडक्सन म्यानेजर अनिश अधिकारी र समर चौलागाई लगायतको उपस्थिती थियो ।
साँझ ५ बजे आयोजना गरिएको देउसी १ घण्टा लामो समय चलेको थियो । जसमा इन्द्रेणी समाजका अध्यक्ष कृष्ण कंडेल, गायक सरोज लामिछाने, युवराज चौलागाई, गायिका शिला आले लगायतले सहजीकरण गरेका थिए । राष्ट्रिय लोक सन्चारकर्मी नेपालका प्रवक्ता शिखरजंग श्रेष्ठले फिल्मका कलाकारहरुलाई स्वागत गरेसँगै देउसी भट्याएका थिए । साथै केहिबेर गायक सरोज लामिछानेले देउसी भट्याएर स्वागत गरे । त्यसपछि निर्देशक दिपकप्रसाद आचार्यले फिल्मबारे जानकारी दिँदै फिल्मका विशेष शब्दहरु राखेर देउसी भट्याए । त्यसपछि नायिका केकी अधिकारीले पनि तिहार गीत गाउँदै देउसी भट्याएकी थिइन् ।
साथै अर्की नायिका अन्जना बराइलीले पनि तिहारका आफ्नो बाल्यपनका रमणीय पलहरु सम्झिएकी थिइन् । प्रोडक्सन म्यानेजर अनिश अधिकारीले तिहार बिशेष मिठो गीत गाएर माहोल रमाइलो बनाएका थिए ।
नायिका केकीले तिहारमा सबैतिर झिलीमिली हुनेभएकाले पनि तिहार सुरुभएसँगै खुसीयाली छाएको बताइन् । साथै राष्ट्रिय लोक सन्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले मौलिकतालाई बिशेष ध्यानमा राख्दै संस्थाले इन्द्रेणी समाजसँगको सहकार्यमा देउसी भैलो कार्यक्रम राखिएको बताए । साथै उनले मौलिकता बोकेको फिल्म भएकाले ुपरानु टिमलाई स्वागत गर्न पाउँदा निकै खुसी लागेको पनि बताएका थिए ।






