काठमाडौँ । विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२५’ को उपाधि बुटवलकी रक्षा पन्तले जितेकी छन् । राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा शनिबार साँझ सम्पन्न प्रतियोगितामा रक्षाले २४ प्रतिस्पर्धीलाई पछि पार्दै शीर्ष उपाधि जितेकी हुन् । विधागततर्फको ‘केडी फोटोग्राफी मस्ट फोटोजेनिक’ उपाधि पनि जितेकी रक्षाले शीर्ष उपाधिसँगै स्कुटरका साथ अमेरिकामा हुने ‘मिसेस वर्ल्ड २०२६’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाइन् ।
प्रतियोगितामा सञ्जु भट्ट ‘मिसेस नेपाल इन्टरनेशनल’ बन्दै विधागततर्फको ‘सेन्ट्रल फेशन स्कुल फेशन आइकन’ को उपाधि पोल्टामा पारिन् । त्यस्तै दीपिका तामाङ ‘एमएस नेपाल इन्टरनेशनल’ बनिन् । ‘मिसेस नेपाल वर्ल्ड’मै विद्या चौहान ‘फस्ट रनरअप’सँगै ‘भ्युवर्स च्वाईस’ र ‘फेसबुक च्वाइस’, एलिना केसी ‘सेकेन्ड रनरअप’सँगै ‘क्युट केयर वेष्ट हेयर’ र निर्मला सुनुवार ‘थर्ड रनरअप’सँगै ‘सावित्री कञ्जनजंगा वेष्ट डान्सर’ विजेता पनि बनिन् ।
‘मिसेस नेपाल इन्टरनेशनल’ विजेताले सिंगापुरमा हुने ‘मिसेस इन्टरनेशनल’ र ‘एमएस नेपाल इन्टरनेशनल’ विजेताले सिंगापुरमै हुने ‘एमएस इन्टरनेशनल’ प्रतियोगितामा नेपालको तर्फबाट भाग लिन पाउने छन् ।
कार्यक्रममा अभिनेत्री, कथाकार तथा गीतकार पूजा चन्दलाई झण्डै साढे ३ दशकदेखि नेपाली फिल्मसँगै कला, संस्कृति र साहित्यको क्षेत्रमा योगदान पुर्याएवापत ‘मानार्थ मिसेस नेपाल वर्ल्ड २०२५’ बाट सम्मानित गरियो । रिबन इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगितामा अरुणा लामा ‘नेपाल टेलिकम मल्टिमिडिया भ्वाइस’, तारा खनाल ‘मेहता कस्मेटिक्स हेल्दी स्किन’, सुम्निमा खापुङ ‘मिशेलिन बेस्ट र्याम्प वाक’, विनिता अधिकारी ‘एआरएस डेन्टल बेस्ट स्माइल’, विष्णु भण्डारी ‘रिलायबल डायग्नोस्टिक ल्याबरोटोरी मस्ट डिसिप्लेन्ड’, कुसुम खड्का ‘क्याभिन्स मस्ट फ्रेन्डली’, कञ्चन झा ‘भिनी मस्ट ट्यालेन्टेड’, कल्पना विष्ट ‘फ्लाइटेक इन्टरनेशनल मिसेस इको फ्रेन्डली’ र शुभाना रोक्का ‘मिलेनिया ग्लोबल ब्युटी विथ कम्प्यासन’ विजेता बने ।
यस्तै इमायुं राई ‘अयुथ वेदा बेस्ट पर्सनालिटी’, सुमिना महर्जन ‘स्वास्थ्य श्री बेस्ट फिजिक’, गंगा लामिछाने ‘राजधानी राष्ट्रिय दैनिक इन्टलेक्चल व्युटी’ र सजनी जोशी ‘रिबन इन्टरटेनमेन्ट मेनेजमेन्ट च्वाइस’ बने ।
प्रतियोगितामा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, अभिनेता, रंगकर्मी तथा फिल्म निर्देशक सरोज खनाल, अभिनेत्री सनी रौनियार, ‘मिसेस नेपाल वल्र्ड २०२३’ पृथिविया थापा, ग्ल्यामर फोटोग्राफर राजभाई सुवाल, अभिनेता, कोरियोग्राफर, लेखक तथा फिल्म निर्माता गजित विष्ट र जनरल फिजिसियन डा. कर्ट निर्णायक थिए ।






