काठमाडौं । आर्या इन्टरटेन्मेन्टले निर्माण गरेको फिल्म ‘आ बाट आमा’को युएई, कतार, बहराइन र इजरायलका प्रदर्शन अधिकार बिक्री भएको छ। यसअघि यस फिल्मलाई हिमारु इन्टरटेन्मेन्ट प्रा।लि।ले अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार लिइसकेको छ।
फिल्मका निर्देशक चन्द्र पन्तका अनुसार विदेशी बजारबाट आएको उत्साहप्रद प्रतिक्रिया नेपाली फिल्मका लागि सुखद संकेत हो। निर्देशक चन्द्र पन्तको कथा तथा निर्देशनमा निर्माण भएको यो फिल्ममा विपना थापा,प्रदीप रावत,पल शाह,साईग्रेस पोखरेल,अंशु महर्जन,सिम्रन पन्त,उषा उप्रेती, विशाल पहाडी,रवीन्द्र झा,गजित बिष्ट,हेमराज अधिकारी,दिलिप उखेडा,रचना गौतमको अभिनय रहेको छ।
यस फिल्ममा ‘बा आमाले पसिनाले घर बनाउनु भयो,हामीले रहर र बाध्यता ‘पासपोर्ट’बनाउनु पर्यो’ भन्ने नारा छ । यो नाराले आमा बुबाप्रति छोराछोरीबीचको गहिरो भावना कथा बुनिएको छ भनेर बुझ्न सकिन्छ।
नेपालमा फिल्म वितरणको अधिकार आरआर फिल्मस्ले पाएको छ भने फिल्मको डिजिटल अधिकार ओएसआर रहेको छ। फिल्म आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउँदैछ ।






