टिन स्पिरिटको सम्पूर्णमा मलिका

काठमाडौं । नायिका मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’को ‘सम्पूर्ण’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा अपुर्भ तामाङ्गको स्वर र शब्द तथा मनीष गुरुङको संगीत छ । गीत जीटुवान डिजिटलको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

जीटुवान डिजिटलको प्रस्तुति र योङ्ग हार्ट्स फिल्म्सको सहकार्यमा निर्मित मिनी सिरिजमा जीवन स्वार र सुनिल गुरुङ्गको निर्देशन छ । सम्पादनमा हाङ्पे, सुनिल शिवभक्ति र बिकेन कार्की छन् । सिरिजमा मलिकाका अलावा लक्ष्य तामाङ्ग, अनुशा बायुङ्ग राई, सबी थापा, सुरेश राई, रोनिश सुब्बा, रिनेक्स बस्नेत, मनिका लामा, गीता श्री, संगीता थापा, प्रकाश श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

सिरिजको निर्माताको रूपमा असीम शाह रहेका छन् । सिरिजको कथा सुनिल गुरुङ्गले लेखेका हुन् । सिरिजका कार्यकारी निर्माता विशाल शर्मा हुन् भने आसिफ शाह क्रीयटिभ डाइरेक्टरको रूपमा रहेका छन् । सिरिजलाई नकुल सुनुवारले खिचेका हुन् ।