लण्डनबाट विक्रमको छायांकन सुरु

लण्डन । बिक्रम जोशीको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘बिक्रम’को छायांकन आइतबारदेखि लण्डनबाट सुरु भएको छ। फिल्म महारानी प्रोडक्सन युके, फिल्म फ्याक्ट्री युके र संस्कृति क्रिएशन्स नेपालको संयुक्त ब्यानरमा निर्माण हुन लागेको हो। फिल्मक िनिर्माता हिरल जोशी रहेकी छिन्।

फिल्मका एसोसिएट निर्देशकमा सुरेश न्यौपाने रहेका छन् । संस्कृति क्रिएशन्स नेपाल न्यौपानेको कम्पनी हो । फिल्ममा सलोन बस्नेत, निर्देशक बिक्रम जोशी, सनमकुमार बैरागी, विदेशी कलाकार नादेशि हप्किन्सको फिल्ममा मुख्य भुमिका रहनेछ । सागर प्याकुरेलको लेखन रहेको फिल्ममा सौरभ लामाको डिओपी र ईश्वर सिन्केमानाको छायांकन छ। फिल्मका प्रोडक्सन म्यानेजर रबिन भारती हुन् ।

निर्माण पक्षका अनुसार फिल्मको ९० प्रतिशत छायांकन बेलायतमा र बाँकी १० प्रतिशत छायाँकन नेपालमा गरिनेछ। केही समयअघि निर्माण टिमले फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गरेको थियो।