काठमाडौं । गायक प्रेम सेनको नयाँ गीत ‘हो नि रेशम’ सार्वजनिक भएको छ । लोकपप शैलीको गीतमा अनिल स्थापितको शब्द र कल्याण सिंहको संगीत, सञ्जीव बराइलीको एरेन्ज छ ।
डोरेमी स्टुडियोमा रेकर्ड गरिएको गीतमा भानुभक्त ढकालको रेकर्डिङ र मिक्सिङ छ । भिडियोमा गायक प्रेम आफैं फिचर्ड छन् । दिनेश पराजुलीले खिचेको भिडियोमा विकास धमलाको सम्पादन तथा कलर संयोजन छ ।
डेढ दशकभन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय उनका यसअघि सानी, तिम्रो पाउजु, आऊ गाऔं, तिमीले लाको चौबन्दी लगायत गीत रुचाइएका थिए । ‘हो नि रेशम’ प्रेम सेन युट्युब च्यालनमा सार्वजनिक गरिएको छ ।






