काठमाडौं । गायक आशिक राई र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘मेरो ठुम्का देखेर’ सार्वजनिक भएको छ । गीतमा माया मोक्तान र कृष्ण श्रेष्ठको शब्द तथा आशिककैसंगीतकार छ । क्यु थ्री इन्टरटेनमेन्टले प्रस्तुत गरेको यस गीतमा नरेन्द्र वियोगीको एरेञ्जमेन्ट रहेको छ ।
डान्सिङ बिटको गीतमा पुष्प खड्का र आश्मा विकको अभिनय छ । भिडियोमा रोशन विश्वकर्माको कोरियोग्राफी, नरेश ऐरको छायाँकन, कल्पेश विश्वकर्माको सम्पादन र आशिक राईकै निर्देशन रहेको छ । भिडियोमा कृष्ण श्रेष्ठ, माया मोक्तान र पूर्ण तामाङ सहयोगी कलाकार छन् ।






