काठमाडौं । भ्यालेन्टाइन डेको अवसर पारेर आगामी माघ २३ मा रिलिज हुने फिल्म ‘रमिताको पिरति’को अफिसियल टिजर सार्वजनिक भएको छ। टिजरमा आना शर्मा, धिरज मगर, समिर श्रेष्ठ र विनय श्रेष्ठलाई देख्न सकिन्छ। गायक समिर यसै फिल्मबाट अभिनय यात्रा सुरु गर्दैछन् ।
टिजरमा आनालाई प्रेम, रोमाञ्च, खुशी, दुःखदेखि हृदयवेदनासम्मका भावनामा देखाइएको छ । टिजरले एक यूवतीको मनोविज्ञानलाई फिल्मले बोलेको देख्न सकिन्छ । सेरो फिल्मस्को प्रस्तुतिमा यो फिल्म तयार भएको हो ।
फिल्ममा लेखन र निर्देशन सुदिप्ताको छ । फिल्मका निर्माता सागर लम्साल हुन् । फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् । अफिसियल टिजर बुढा सुब्बा डिजिटलको आधिकारिक युट्युब च्यानलमा हेर्न सकिन्छ।






