मुम्बई (एजेन्सी) । अभिनेता अनुपम खेरले हालै एक युट्युब शोमा भाङको किस्सा सुनाएका छन् । उनले एकपटक भाङ खाएपछि त्यसलाई जीवनभार नखाने प्रण लिएको समेत सुनाए ।
अभिनेता तथा युट्युबर समदीश भाटियाको शो अनफिल्टर्ड बाई समदीशमा अनुपम पुगेका थिए । उनले अनुपमलाई भाङ सेवनको अनुभवबारे प्रश्न गरेका थिए । ‘मैले पहिलोपटक फिल्म सिटीको हेलिप्याडमा यसको सेवन गरेको थिएँ । मैले दुईपटक मात्र तानेको थिएँ । त्यसपछि मैले आकाश हेरें । उता एयरपोर्टबाट एक जहाज टेकअप गरिरहेको थियो । मैले जहाज हेरिरहें, जहाज त आकाशमै बिलायो, त्यसपछि पनि हेरिरहें’, उनले भनेका छन् ।
उनले अगाडि थपे, ‘मैले त्यो जहाजलाई त्यतिबेलासम्म हेरें कि सायद त्यो जहाज हिथ्रो एयरपोर्टमा अवतरण नभएको होस् । म पागल भएँ । त्यो दिन जब म गाडीमा बसें, मलाई लाग्यो कि म सडकमा हिँडिरेहको छु कि गाडीमा ।’






