लोकन्ती गीतमा कुमार र विमलाको रोमान्स

काठमाडौं । कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘लोकन्ती’ को गीत ‘लाजै नमानी’ सार्वजनिक भएको छ। यहि मंसिर २६ गते शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्मको गीत ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गीतमा मेलिना राई र नारायण थापाको स्वर, शंकर अधिकारी घायलको शब्द र विकास चौधरीको संगीत छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार कुमार न्यौपाने र विमला लिम्बुको अभिनय छ ।

रञ्जित राना निर्देशित फिल्ममा काजी लिम्बुको कथा छ । फिल्ममा अभिनेता एसराज गराच मुख्य भूमिकामा छन् । काभ्रेमा छायांकन गरिएको फिल्मले पारिवारिक प्रेमकथाभित्र लुकेका सामाजिक संवेदनाहरू उजागर गरेको छ । फिल्मका निर्माता सन्तोष न्यौपाने हुन्। फिल्ममा एसराजसँगै, ऋचा थापा, विमला लिम्बु, कुमार न्यौपाने, विकाश अधिकारी, दमन रुपाखेती, गोविन्द प्रभातलगायत कलाकारहरूको अभिनय छ ।

फिल्ममार्फत कुमार न्यौपाने र विकाश अधिकारीले अभिनयमा डेब्यू गरेका छन् । फिल्ममा विकास चौधरीको संगीत, रोनिश तामाङको छायांकन र राजु खड्काको सम्पादन छ ।