पीआर ट्रेलरः नेपालीको जवानी, अष्ट्रेलियामा लगानी

काठमाडौं । शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘पीआर’को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै ३ मिनेट १ सेकण्ड लामो ट्रेलर रिलिज गरेको हो। ट्रेलरमा नेपालबाट पढ्नका लागि अष्ट्रेलिया पुगेका युवाहरुहरुको कथालाई प्रस्तुत गरिएको छ।

ऋण खोजेर अष्ट्रेलिया पुगेका युवाहरुको पीआर सपना र नेपालबाट ऋणमा पठाएको छोराछोरीले पैसा पठाउन नसक्दा र उताको परिस्थिति बुझ्न नसक्दाको अवस्थालाई निर्देशक बस्नेतले पर्दामा उतारेका छ। यस फिल्मको ट्रेलरमा नीर शाहको बोलेको ‘नेपालीको जवानी अष्ट्रेलियामा लगानी’संवादले दर्शकको मन छुनेमा निर्माण पक्षको बुझाई छ।

यहि मंसिर २६ गतेबाट रिलिज हुने फिल्मको प्रचारका लागि अष्ट्रेलियाबाट कलाकारद्वय आर ए सुरज पौडेल, विनिता कार्की नेपाल आइसकेका छन्। यस फिल्ममा राजन कुँवर, पूजा चौधरी,आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायलको पनि अभिनय छ । फिल्ममा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का,उत्तम के।सी।नेपाल, र दिक्पाल कार्की विशेष भुमिकामा छन् ।

सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यस फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीको छ भने लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन्। सौरभ सायमी र सौरभ लामाले फिल्मको छायांकन गरेको यस फिल्मलाई सम्पादन बन्दे प्रसादले गरेका छन्। साथै गणेश बुढाथोकीको लेखन रहेको यस फिल्मका गीतमा मानस राजको संगीत,सनुप पौडेल र नीतु पुनको गायनलाई सुन्न सकिनेछ। फिल्ममा कोरियोग्राफी रामजी लामिछानेको छ भने वितरण आर आर फिल्म्सले गर्दैछ।